Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

अपाङ्गता भएकाहरू प्रतिको दायित्त्व

विश्व अहिले कोरोना भाइरसबाट संत्रस्त छ । कोरोनाको आक्रमणबाट भन्दा बढि सामाजिक सञ्जालबाट फैलिने सूचनाबाट सम्पूर्ण जगत आक्रान्त बनेको छ । सानो बालकदेखि पाका पुस्ताहरू सबैले एकै स्वरमा उच्चारण गर्ने भनेको कोरोना नै हो ।  यो आफैमा उपचार बिहीन अवस्थामा छ तर यसबाट हुने मृत्यु दर भने अन्य महामारीको भन्दा निकै कम छ । संसारका मै हुँ भन्ने देशहरू जस्ले प्रकृति माथी सहजै विजय हासिल गरियो भन्ने गरेका थिए, जस्ले संसारलाई हामीले नै पालेर राखेका छौँ भन्ने गरेका थिए, जस्ले संसारलाई एउटा सानो गाउँ (Global Village) बनाएर कैंयौँ प्राकृतिक व्यवहारलाई चूनौति दिइरहेका थिए उनिहरू समेत कोरोना महामारीको चपेटामा परेका छन् । विकास, मानव अधिकार र स्वतन्त्रताको दुहाइ दिनेहरू पनि आँखाले देख्न नसकिने कोरोनाको वसमा छन् । अहिले  मानव जीवन रक्षा विश्वकै सामु चूनौतिको रुपमा खडा छ । संसारका सबै मानवहरू एकै हुन् । चाहे तिनिहरू धनि मुलुकका नागरिक हुन बा गरिब देशका जनता सबैलाई पर्ने मानवीय समस्या एकै प्रकारको हुँदो रहेछ भन्ने कुरा हाल आएर पुष्टि भएको छ ।

हामीले संसारलाई बसमा राखेका छौं भन्नेहरूलाई पनि कोरोना भाइरसले काबु बनाएको देख्दा अनौठो लाग्नु स्वभाविकै हो । तर जे जस्तो सोँच भए पनि आखिर भाइरसबाट पीडित हुने भनेको मानव जगत हो । हामीले मानवलाई धेरै वर्गमा विभाजन गरेका छौँ । लिङ्ग, जातजाति, धर्म, वर्ण, भूगोल, भाषा तथा शारीरिक वनावट आदिका आधारमा मानव जातिलाई विभिन्न् समुहमा विभक्त गरी नामाकरण समेत मानवबाटै भएको छ । प्रकृतिले भने मानिसलाई मानव कै रुपमा व्यवहार गर्दै आएको छ । माहमारी होस वा कुनै किसिमको दैवीप्रकोप जुनसुकै आपत्तीको बेलामा प्राकृतिक व्यवहार भने समान हुन्छ । सबै मान्छेलाई समान व्यवहार प्रकृतिबाटै हुने गरेको छ ।  अहिले संसारले  भोगिरहेको विपत्ति पनि सोही प्रकारको हो । कोरोना भाइरसले संसारका सबै मानिसहरूलाई बिना भेदभाव संक्रमित  गरिरहेको छ । यसले न त कुनै गोरो वा कालो छुट्ट्याएको छ न त धनि वा गरिब । यसले न त विकसित भनिने  मुलुकका मानवलाई छोडेको छ न त अविकसित भनिने मुलुकका नागरिकलाई नै । यसले न पुरुष न महिला न त बालबालिका वा जेष्ठनागरिक कसैलाई पनि छोडेको छैन । यसको जोखिम नहुने कुनै पनि मानिस छैन ।  त्यसैले अहिलेको यस विपदको समयमा हामी केवल मानव जातिको समस्याको रुपमा कोरोना भाइरसलाई लिएर यसका विरुद्ध लड्नु आवश्यक छ । विश्व भरिनै प्रकोपको रुपमा फैलिएको कोरोना संक्रमण संसारको कुनै भूगोललाई पनि माया गरेर छोड्ने पक्षमा छैन । हामीले यो वा त्यो देश अथवा जातजाति, धर्म, वर्ण, लिङ्ग वा शारीरिक वनाबटका आधारमा विभाजित मानसिकताभन्दा माथि उठेर प्राकृतिक मानव जातिको रक्षाका निम्ति आफ्नो गच्छे अनुसारको योगदान गर्नु गरुरी छ । मान्छे मार्ने हातहतियार निर्माण गर्ने धेरै कारखानाहरू पनि अहिले कोरोना भाइरस निर्मूलको ओखती निर्माण र उत्पादन गर्न सफल भइसकेका छैनन् ।  संसारका सबै वैज्ञानिकहरू COVID-19  विरुद्धको खोप वा औषधि खोजिमा  जुटिरहेकै छन् तर पनि अहिलेसम्म प्रयासले सार्थकता पाउन सकिरहेको छैन । यसको अहिलेको उपचार भनेको यसबाट बच्नु नै हो ।

यति हुँदाहुँदै पनि मानिसमा निहित रोग प्रतिरोध क्षमता भने फरक फरक हुने गर्छ । कुनै पनि रोग विरुद्ध लड्न यसको निकै ठूलो र महत्त्वपूर्ण भूमिका हुन्छ । ज्यादै स-साना बालबालिका, उमेर पुगेका जेष्ठनागरिक, अन्य कुनै रोगको नियमित उपचार गराईरहेका व्यक्तिहरू, विशेष किसिमको शारीरिक बनाबट भएका अर्थात विशेष प्रकारका अपाङ्गता भएका व्यक्तिहरू आदिमा सामान्य अवस्थामा रहेका मानिसमा भन्दा रोग प्रतिरोध क्षमता कम हुनसक्ने हुनाले त्यस्ता वर्गका व्यक्तिहरूलाई परिवार, समाज र राज्यले विशेष ध्यान दिनु पर्ने जरुरी हुन्छ ।  त्यस किसिमका व्यक्तिहरूको सुरक्षालाई हामीले  परिवार, समुदाय र राज्य तीनै तहबाट विशेष ध्यान पुराइनु पर्छ । परिवारले पारिवारिक सुरक्षा प्रदान गर्दा होस वा स्थानीय तहमा आफ्नो क्षेत्रको सुरक्षा तथा सहुलियत र राहतको कुरा गर्दा होस् वा राज्यले केन्द्रीय नीति तथा निर्णयहरू गर्दा होस् सबै अवस्थामा विशेष अवस्थाको सुरक्षा आवश्यक पर्ने व्यक्तिलाई सोहि प्रकारको सुविधाबाट बञ्चित गरिनु हुँदैन ।अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धीको धारा ११ ले पनि यही कुरालाई निर्दिष्ट गरेकोछ । उक्त धारामा  “पक्ष राष्ट्रहरूले अन्तर्राष्ट्रिय मानवीय कानून तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानून लगायत अन्तर्राष्ट्रिय कानूनहरू अन्तर्गतका जिम्मेवारी अनुसार सशस्त्र द्वन्द्व, मानवीय संकट तथा प्राकृतिक प्रकोपहरू घटेका अवस्थाहरू लगायत जोखिमका अन्य अवस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण र सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण आवश्यक उपायहरू अबलम्बन गर्नेछन्मेवारी अनुसार सशस्त्र द्वन्दव्वथाहरवा राज्यले केन्द्र” भन्ने उल्लेख गरिएको छ । माहामारी वा जोखिमको जुनसुकै अवस्थामा पनि अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण र सुरक्षाको जिम्मेबार निकाय राज्यलाई मानेको छ । उक्त धारामा सुरक्षाका सम्पूर्ण उपायहरू राज्यले अबलम्बन गर्नु पर्ने कुरा बाध्यात्मक रुपमा प्रस्तुत  गरिएकोछ । हाम्रो देश पनि उक्त महासन्धीको पक्ष राष्ट्र हुनाले नेपालका सबै अपाङ्गता भएका व्यक्तिहरूले अहिलेको अवस्थामा जोखिमबाट सुरक्षित हुन राज्यको सहयोग खोज्नु कुनै नौलो कुरा भएन ।  हुनतः नेपाल बालबालिका अधिकार सम्बन्धी माहासन्धी लगायतका अन्य धेरै संयुक्त राष्ट्रसंघीय महासन्धीहरूको पक्ष राष्ट्र छ । नेपालले सोही अनुसार आफ्ना कानूनहरूलाई आन्तरिकीकरण समेत गरेर अन्तर्राष्ट्रिय प्रावधानहरूलाई अझ मजवुत पारेको छ ।

यस्तो समस्याको  घडिमा राज्य उत्तरदायि बन्नु पर्नेकुरामा  कुनै द्विविधा छैन भने प्रत्येक नागरिक पनि जिम्मेबार नागरिकको भूमिकामा खरो उत्रिन चुक्नु हुँदैन । यो बेला सरकारले गरेको निर्णय कार्यान्वयन गरेर राज्यलाई सहयोग गर्ने समय पनि हो । अहिले हामी कुनै पक्ष वा विपक्षमा बाँडिएर एकलेतर्राष्ट्रिय प्रावधानहरूलाई अझ् अर्कोलाई आरोप प्रत्यारोप गरेर समय खेर फाल्ने अवस्थामा ्यारोप गरेर समय खेर फाल्ने छेछैनौँ । सहज  राजनैतिक परिस्थितिमा त बहुमत अल्पमत, पक्ष विपक्ष, विभिन्न राजनैतिक दल, संघ संगठन, भूगोल क्षेत्र, जात, वर्ग आदिमा  बिभक्त भएर आफ्नो सानो समूहको स्वार्थमा  लाग्न सकिएला तर विश्वव्यापी संकटका बेला त्यस्ता कुराहरू गौण हुन्छन् ।  केवल मानव जातिको संरक्षण सबैको सर्वोपरी उद्देश्य हुनु पर्छ ।

हाम्रो राज्यले पनि कोरोना संक्रमण विरुद्धको आव्हानमा सबै नागरिकको साथ र सहयोगको खाँचो महशुस गरेको छ । विशेष गरी खुल्ला सिमानाका कारण भारतबाट आफ्नो मातृभूमिमा फर्कने नेपालीहरूले आफू कोरोनाबाट संक्रमित भए न भएको ख्याल नगरी आइदिनाले परिवार र समाज तथा सिङ्गो मुलुकलाई नै जोखिममा पार्न सक्ने हुनाले उहाँहरू, जो असुरक्षित अवस्थामा विदेशबाट स्वदेशमा आउनु भएको छ, आफ्नो परिवार र मुलुक प्रति जिम्मेबार हुन सक्नु पर्छ । यस विश्वव्यापी महामारी विरुद्धको अभियानमा सरकारले मुलुकलाई लकडाउनमा राख्ने, दैनिक ज्याला मजुरी गरी जिविकोपार्जन गरेर बाँचेका नागरिक तथा असहायहरूलाई राहत वितरण गर्ने, संक्रमण फैलिन नदिन विभिन्न प्रिकसनका उपायहरू अपानाउने, आवश्यक औषधि तथा चिकित्सकीय सुरक्षा सामाग्रीको बन्दोबस्त गर्ने, कथंकदाचित माहमारी फैलिइ हालेमा त्यसको उपचार गर्नका लागि आवश्यक तयारी गर्ने जस्ता माहत्त्वपूर्ण कार्यहरू गरेको छ । यति हुँदाहुँदै पनि राहत सहुलियत वितरणका निर्णयहरू हुँदा अपाङ्गता भएका व्यक्तिहरूका बारेमा स्पष्टरुपमा  खुलेर आउन नसकेको आभाष भने हुन्छ । हुनसक्छ निर्णायक तहमा अपाङ्गता भएका व्यक्तिहरूको कमिले गर्दा पनि त्यस्ता समस्याहरू आएका हुनसक्छन् ।

सामान्य अवस्थामा पनि विशेष र जटिल अवस्थाबाट जिविकोपार्जन गर्न बाध्य अपाङ्गता भएको वर्गलाई संकटका बेला झन बढि ख्याल गरेन भने के होला ? सहजै अनुमान गर्न सकिन्छ । जसमा रोग प्रतिरोध क्षमताको कमि छ, जसले आफ्नो हित अहितको आफै महशुस गर्न सक्दैनन् त्यस्ताव्यक्तिहरूलाई समाज र राज्यले विशेष व्यवस्था गर्ने गरी बिभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय फोरमहरुमा राज्यले गरेका प्रतिबद्धताहरूको ख्याल र विवेक जुनसुकै संकटको घडिमा पनि राज्य पक्षले गुमाउनु हुँदैन । अहिलेको यो विश्वव्यापी महामारीको समयमा आफ्ना नागरिकहरूको जीवन रक्षा राज्यको पहिलो कर्तव्य हो । राज्य पक्षबाट गरिने सबै निर्णयहरू गर्दा राज्यले विभिन्न अन्तर्राष्ट्रिय माहासन्धी तथा अन्तर्राष्ट्रिय कानूनहरूको बेवास्ता पक्कै गर्नेछैन भन्ने विश्वास छ ।

गोरखापत्र मा प्रकाशित