Lalitpur Metro-9, Chyashal Balkumari, Lalitpur, Nepal
12 Months, 7 Days & 24 Hours Available for all.
+977 985 109 8889
डा. लक्ष्मणप्रसाद ज्ञवाली, नेपालको प्रथम नेत्रहीन अधिवक्ता The first Blind Advocate of Nepal Dr Laxman Prasad Gnawali.

आफूलाई आफ्नो विचार नै सर्वोपरी

सबै विचार सबै ठाउँ प्रस्तुत गर्नु लाभदायक हुदैन । सत्यनै भएपनि कैयौ विचारहरू सबै ठाउँ व्यक्त गरिनु आफैलाई हानीकारक हुन्छ । सत्य वचन र व्यवहारलाई तोडमोड गरी स्वार्थपूर्ति गर्ने समुह पनि हाम्रो साथमा सधै सँगै रहेको कुरा हामीले विर्सनु हुदैन । जहिले पनि त्यस्ता व्यक्तिहरूले आफ्नो निहित स्वार्थसिद्धिका निम्ति अरुलाई प्रयोग गरिरहेका हुन्छन् । आफुले केही सिर्जना गर्न नसक्ने तर अरुले ल्याएको सोचमा खेल्न जानेकाहरुले आफूलाई फन्दामा पारेर दुरुपयोग गर्नसक्ने कुरा कहिल्यै नजर अन्दाज गरिनु हुदैन । व्यक्तिको मनमा आएको सोचले संसारलाई अर्कै दिशातर्फ मोडिदिन सक्ने हुनाले आफ्नो विचारलाइ कहिल्यै कमजोर सम्झेर अरुको विचारको पछि लागि हिड्नु हुदैन । शुरुशुरुमा कुनै पनि विचारकले प्रशंसा पाएका हुदैनन् ।  गौतम बुद्ध होउन वा जिसस क्राइस्ट उनिहरूले व्यक्त गरेका विचारकै कारण उनिहरू सजायका भागिदार बनेको कुरा हामीले विर्सेका छैनौ ।तर पनि उनिहरूले आफ्नो विचारलाई सधै सर्वोपरि राखेर व्यक्त गर्दै अभियानलाई निरन्तरता दिइनै रहे । उनिहरुका पनि समर्थक र विरोधि दुवै थरी मानिसहरू थिए । तर पनि उनिहरूले आफ्ना सोचलाई साकार बनाउन निरन्तरता दिइ नै रहेको हुनाले भविष्यमा उनिहरू आफ्नो विचारका प्रवर्तकको रुपमा स्थापित हुन पुगे । त्यसैले हामीले पनि हाम्रो विचारलाई कसैले विरोध वा समर्थन गरेकै भरमा परिवर्तन गरिहाल्नु पर्दैन ।

हाम्रो समाजमा ठूलाहरूको विचार चाहे जस्तोसुकै होस राम्रो मानिने प्रचलन रहेको छ । “ठूलाले गर्छ जो काम हुन्छ त्यो सर्वसम्मत” भन्ने कथन पनि हामीले सधै सम्झि रहनु पर्छ । समाज जहिले पनि ठालूहरूको नियन्त्रणमा रहेको हुन्छ । जतिसुकै तिक्ष्ण बुद्धि भएको मानिस भए पनि गरीब घरानाको रहेछ भने उ सधै सानोतिनो  काममै अल्झिरहेको हुन्छ । उसको विचार समाजले सामान्य रुपमा लिन्छ र उसलाई आदर्शको रुपमा स्विकार्न समुदाय खासै तयार रहेको हुदैन । त्यसैले नेतृत्त्वमा संभ्रान्तहरूकै बोलवाला रहेको हुन्छ ।  दुखि गरीबको बिचमा यदि कोही उच्च सोंचको व्यक्ति जन्मियो भने पनि उसको विचार सामान्य रकममै ठालूहरूले आफ्नो बनाएर प्रयोग गरिरहेका हुन्छन् । त्यसैले संसारमा सबैभन्दा ठूलो आफूलाई सम्झनु पर्छ । आफ्नो विचार आफ्नो लागि सबैभन्दा लाभदायक हुन्छ ।

कामको शिलशिलामा विभिन्न समयमा  हामीले विभिन्न जिम्मेवारीहरू बहन गर्दै आएका हुन्छौ ।  जिम्मेवारी वहन गरेर आफूलाई अब्बल सावित नगरी गरीव गुरुवाका सन्तानले समाजमा प्रतिष्ठा पाउन सकेका हुदैनन । उनिहरूको सोच र विचार गहन तथा महत्त्वपूर्ण भएपनि समाजले त्यसलाई सजिलै अङ्गिकार गर्न सकेको हुदैन । त्यसैले हामीले आफ्नो अनुभवको आधारमा राखिने कैयौ विचारहरू सजिलै हावामा उडाइदिने समुह हाम्रै समाजमा रहेको हुन्छ । तलतिर गइरहेको एलिवेटरमा आफू जवरजस्ती माथितिर उक्लेर उपल्लो तलामा पुग्न जति कठिन हुन्छ त्यति नै गैरसंभ्रान्तहरूको विचारले समाजमा स्थान पाउन उत्तिकै कठिन हुन्छ । समाजको विकासमा त्यस्तै कुराहरूले ब्रेक लगाउने र स्पिडलाई स्लो गराउने गरेको हुन्छ ।

आफूलाई राम्रो लागेको कुरा अरुलाई पनि राम्रो लाग्न सक्छ तर अरुले उक्त कुरालाई बङ्ग्याएर अनावश्यक थपथाप गरी हाम्रो विर्द्धमा प्रुयोग गर्न सक्ने खतराबाट जोगिनु पनि ठूलो सफलता हुन्छ । कामको जिम्मेवारीको शिलशिलामा अभिव्यक्त विचारहरूलाई आफ्नै कथित हितैषिहरूले दुरुपयोग गरेर आफूलाई धोका दिन सक्ने हुनाले  चित्त नबुझेका कैयौ कुराहरूलाई औपचारिक रुपमा स्विकार्न बाध्य हुनु पर्छ ।  आफ्नो  मनसाय ठीक छ तर अन्य व्यक्तिहरूले त्यसमा आशंका गरेर अनावश्यक आलोचना गरेको सुन्दा कसैलाई पनि चित्त बुझेको हुदैन । तर चित्त नबुझे पनि कैयौ कुराहरू औपचारिकतामा सिमित राखिनु पर्छ । कसैले पनि आफुले अभिव्यक्त गरेका कुराहरूलाई दुरुपयोग गरेर नाजायज फाइदा लिन र आफूलाई हानी नोक्सानी पुराउन नसकोस भनेर हामी सधै सचेत र चनाखो हुनु पर्छ ।

समुह कार्यमा सबैको सोच सकारात्मक नहुन पनि सक्छ तर हामीले नेतृत्त्वको भुमिकामा रहदासम्म उनिहरूलाई पनि प्रशंसा गरेरै आफ्नो वसमा राखिरहनु पर्छ । कसैलाई पनि उसको कमजोरी बताइदिने मानिस राम्रो लाग्दैन । यो नै मानवको सबैभन्दा ठूलो कमजोरी हो । सबैलाई आफ्नो प्रशंसा गरेकै मन पर्छ । यो सामान्य मानवीय स्वभाव हो । तर हामीले आफ्ना विरुद्ध अभिव्यक्त  विचारहरूलाई गम्भिरतासाथ सुन्ने र मनन गरेर आफूलाई सोही बमोजिम परिवर्तन समेत गराउन सक्नु पर्छ । केही मानवीय कमजोरी रहेछन भने सजिलै महशुस गरी सच्याउनु पर्छ । तर कसैले पूर्वाग्रही बनेर आफ्नो आलोचना गरेको रहेछ भने उसको मनसाय बुझ्नु बाहेक थप केही गरिरहनु पर्दैन । कसैले आफूलाई सच्याउने मनसायले व्यक्त गरेका आलोचनात्मक कुरा छन् भने पनि तिनिहरूको सहर्ष रुपमा स्विकार्नु पर्छ । तर आफूले असल मनसायबाट व्यक्त गरेका कुराहरूलाई तोडमोड गरी दुरुपयोग गरिएको रहेछ भने त्यसको प्रतिवाद समेत गर्न पछि पर्नु हुदैन ।

कैयौ मानिसहरू हाम्रा कमिकमजोरीहरू खोजि त्यसलाई तिलको पहाड बनाएर समाजमा बदनाम समेत गराउने प्रवृत्तीका हुन्छन् । त्यस्तो प्रवृत्तिका व्यक्तिहरू सँग पनि हामीले सहकार्य गर्नु पर्छ ।समाज हरेक किसिमका मानिसहरूको साझा थलो हो । समाजसेवि, परोपकारी,  दानी, धर्मात्मा, अपराधि, आदिको संयुक्त रुप नै समाज हो । सबै प्रकारका विचार व्यवहारलाई समाजले विभिन्न किसिमले स्थान दिएको हुन्छ । कसैलाई पुरस्कृत गरेको हुन्छ भने कसैलाई समाजले सजाय दिएको हुन्छ । साझा थलोको रुपमा रहेको समाजलाई हरेक व्यक्तिले आफ्नै किसिमले प्रयोग र उपयोग गरिरहेका हुन्छन । हामी पनि त्यही समाजका अभिन्न अङ्गको रुपमा स्थापित छौँ । त्यसैले समाजले स्विकृति प्रदान नगरेका कुरा गर्न हामी तयार हुदैनौ । राम्रो वा नराम्रो लाग्ने जुनसुकै कुरा पनि समाजले स्विकार गरेमा मान्य हुन्छ । व्यक्तिको विचारलाई पनि समाजले अङ्गीकार गरेमा मात्र सार्वजनिक गर्न सकिन्छ । सबै राम्रा विचारहरू सबैलाई ग्राह्य हुदैनन् । ठालूहरूको हितमा छैन र बहुसंख्यक नागरिकको लाभदायक कुरा छ भने पनि समाजमा त्यसले मान्यता पाउन धेरै संघर्ष गर्नु पर्छ । तर सिमित व्यक्तिको अनुकुल भए पनि ठूलाबडाहरूको हितमा हुने कुरा सजिलै लागू गराइन्छ ।

ठालूवादि चिन्तन भनेको  आफूलाई एक फाइदा हुदा समाजलाई ९९ घाटा भएपनि आफ्नै हितमा काम गर्ने प्रवृत्ती  हो । यस्तो प्रवृत्ती साना ठूला सामाजिक सबै काममा देखा परेका हुन्छन् । आफूलाई समाजको अगुवा ठान्ने तर निहित स्वार्थ बाहेक कुनै काम नगर्ने व्यक्तिहरूले समाजलाई सधै पछौटे अवस्थामा अनिर्णयको बन्दी बनाएर राख्न खोजिरहन्छन् तर समाजमा केही विद्रोही स्वभावका मानिसहरूले त्यस्ता अराजकहरूको कुविचारको भण्डाफोर र चिरफार गर्ने हिम्मत गरेका हुन्छन । समाजमा द्वैध चरित्रका  व्यक्तिहरूको पनि कमि हुदैन ।जुन कुराको पक्षमा जनमत धेरै देखीन्छ त्यसैको पक्षमा आफूलाई उभ्याएर जताबाट पनि फाइदा लिन खोज्ने व्यक्तिहरूले समाजका यथास्थितिवादिहरूलाई सहयोग पुराइ रहेका हुन्छन् ।त्यस्ता व्यक्तिहरूको पहिचान गरी उनिहरूको चरित्रको पर्दाफास नगरी समाज सुध्रदैन । आफूलाई समाजसेवीको रुपमा देखाएर सिधासाधा जनताको शोषण गरिरहेका नेताहरू चिन्न जनतालाई कहिले काही कठीन पनि हुन्छ । उनिहरूको देखिने स्वरुप र वास्तविक रुप फरक हुन्छ । जबसम्म वास्तविक स्वरुपको पहिचानहुदैन सबैमानिस समाजसेवी परोपकारी र सद्गुणी भइरहन्छन् । उनिहरूको स्वार्थ लिप्त स्वरुपको चिनारी पर्दाफास भए पछि भने समुदायका नागरिकले नाङ्गेझार पार्छन्  देखीदा राम्रो र व्यवहार खराव हुनेहरूको चुरीफुरी धेरै दिन टिक्न भने सक्दैन ।

हामीले समाजलाई नजिकबाट चिन्ने प्रयास गर्नु पर्छ । समाज सबै प्रकारका मानिसहरूको संमिश्रणबाट निर्माण हुने र उनिहरूले आआफ्नो क्रियाकलाप  गरिनै रहने हुनाले उनिहरूसँग जस्तालाई त्यस्तै स्वरूपमा बुझेर आफ्नो विचार संप्रेषण गरिनु पर्छ । आफूलाई थाहाभएको र सत्य कुरा हुदाहुदै पनि कतिपय अवस्थामा आत्मीय सबै कुरा सबै सामू खोलिनु आवश्यक छैन ।  त्यसले आफूलाई राम्रो त गर्दैन नै बरू आफ्नो विचारलाई बङ्ग्याएर अरुले दुरुपयोग गर्न सक्छन् । त्यसैले आफ्नै नजिकका साथीहरू सँग पनि परिस्थितिको वास्तविकता र गम्भिरताको अवस्थाको आँकलन गरी प्रस्तुत हुनु लाभदायक छ ।  साच्चिकै साथ दिने र देखावटी साथ दिने मित्रहरू बिचको भिन्नता नछुट्याइ गरिने व्यवहारले पनि आफूलाई फाइदा हुदैन । ऐनमौकामा व्यक्त गरेका कुराहरूले प्रमाणको रुप लिने हुनाले सार्वजनिक र औपचारिक स्थानमा बोल्दा निकै सजग हुनु पर्छ । त्यस्तै मौकामा बोलिएका कुराले  महत्त्व राख्ने हुनाले औपचारिक समयमा औपचारिक कुरा मात्र गरिनु राम्रो हुन्छ ।यसले आफूलाई सधै सफलता तर्फ उन्मुख गराइ रहन्छ । प्रथम चिन्तनमा उत्पन्न विचार आफ्नो निम्ति विशेष महत्त्वको हुने भए पनि परिस्थिति अनुसार कहिले काही संशोधन गर्नु पर्ने पनि हुन सक्छ । व्यक्तिले आफ्नो विचारलाई समाज हितका निम्ति  सिर्जना गरेको हुन्छ तर समाजका यथास्थिति वादि चिन्तनका व्यक्तिहरूले त्यसलाई सहजै स्विकार गर्दैनन । तर पनि आफ्नो विचारलाई कहिल्यै छोड्नु हुदैन चाहे कुनै व्यक्ति, समुदाय, समाज वा सिङ्गो मुलुक वा संसारले त्यसलाई सहजै मानोस वा नमानोस ।

Online Khabar मा प्रकाशित